दफा २४
सेवाप्रणालीको स्वामित्व र सञ्चालन
(१) मन्त्रालय वा अन्तर्गतका निकायले निर्माण गरेको आयोजना: नेपाल सरकारको स्वामित्वमा रहनेछ ।

(२) उपनियम (१) बमोजिमका आयोजनाको चल अचल सम्पत्तिको स्वामित्व नेपाल सरकारले : आफैंमा वा स्थानीय तहमा रहने गरी मन्त्रालयबाट: स्वीकृत ढाँचामा सम्बन्धित स्थानीय तह वा अन्य कुनै सङ्गठित संस्थालाई सञ्चालन, व्यवस्थापन तथा भोगचलनका लागि हस्तान्तरण गर्न सक्नेछ।

(३) आयोजना निर्माण गर्ने, कुनै निकाय वा सङ्गठित संस्था आफैँले सेवाप्रणाली सञ्चालन नगर्ने भएमा आयोजनाको स्वामित्व त्यस्ता निकाय वा सङ्गठित संस्थाले स्थानीय तह वा सङ्गठित संस्थासँग गरेको पूर्व सम्झौता बमोजिम सम्बन्धित स्थानीय तह वा सङ्गठित संस्थामा हस्तान्तरण गर्नु पर्नेछ।

(४) उपनियम (२) बमोजिम हस्तान्तरण गरिएका आयोजनाको भोगचलन अवधि सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।